Ad Image

पूर्वप्रधानमन्त्री प्रचण्ड र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746100629.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । खुमलटारस्थित प्रचण्ड निवासमा बिहीबार प्रचण्ड र प्रमुख चौथाइवालेबीच भेटवार्ता भएको हो ।

 

भेटवार्तामा दुई देशको सम्बन्ध, दुई देशबीचको द्विपक्षीय हित तथा दुई पार्टीहरूबीचका सम्बन्ध लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

 

चौथाइवाले तीन दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आएका हुन् । उनले यसबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकलगायतसँग भेटवार्ता गरिसकेका छन् ।