Ad Image

प्रधानमन्त्री ओलीसँग भाजपा विदेश प्रमुख चौथाइवालेको भेट

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746114373.png

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  
 

चौथाइवालेले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटेका थिए । यसअघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकलगायतसँग भेटवार्ता गरिसकेका छन् ।