Ad Image

प्रधानमन्त्री केपी ओलीको स्टन्टले गर्दा भारतसँगको सम्बन्ध बिग्रियो : प्रभु साह

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746148957.jpg

सुनसरी । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा मुलुकमा भैराखेको बेथितिको नेपाली कांग्रेस छड्के किनाराको साक्षी बनेको टिप्पणी गरेका छन् ।

 

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज सुनसरीको इनरुवामा आजपा निकटको आम ट्रेड युनियन फेडरेसनद्धारा आयोजित दलाल दलतन्त्र विरुद्धम खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 


‘मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढदै गईरहेको छ । प्रधानमन्त्रजी हरेक क्षेत्रमा असफल हुनुभएको छ र छड्के किनाराको साक्षी कांग्रेस हुनु दुखद छ । आम जनताले परिवर्तन र निकास खोजेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘एउटा गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देश कसरी चलाउछ ? सरकारले मुलुकलाई अन्योल बनाएको छ । यसरी मुलुक अगाडी बढन सक्दैन् ।’ 


यस्तै उनले प्रधानमन्त्री ओलीको स्टन्टले वैदेशिक सम्बन्ध विग्रदै गएको बताए । ‘मुलुकलाई अगाडी बढाउन असफल भएको वर्तमान सरकारको स्टन्टले वैदेशिक सम्बन्ध विग्रदै गएको छ । हाम्रा दुई छिमेकी भारत र चीनसंग सम्बन्ध राम्रो छैन् । प्रधानमन्त्रीको स्टन्टले भारत सहितका देशसंगको सम्बन्ध बिग्रेको छ,’ उनले भने । 


श्रमजिवि, मजदुरसहित आम जनताको पक्षमा काम नगरी वर्तमान सरकार बिचौलिया र भगौडा वर्गको सेवामा लागेको उनले बताए । बिचौलिया र भगौडा वर्गको सेवा गरिरहेको सरकारले बिचौलियाकै सेटिङमा लागेकाले गभर्नर नियुक्तीमा ढिलाई गरेको उनले बताए । 


नेपाल सहित विदेशमा श्रमजिवि मजदुरहरु विभिन्न समस्याका कारण तड्पिरहेको भए पनि सरकार मौन बसेको उनले बताए । विदेशमा काम गरिरहेका नेपाली मजदुरहरुले ट्रेड युनियनको हकअधिकार पाउनुपर्ने आजपा अध्यक्ष साहले बताए ।