नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाको आज शपथ ग्रहण

काठमाडौं। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
गर्बुजालाई आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए ।
यसअघि वैशाख १० मा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङ (कान्छाराम)लाई राज्यमन्त्रीबाट बर्खास्त गरेपछि रिक्त पदमा गर्बुजा नियुक्त भएका हुन् ।