Ad Image

विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने सरकारको घोषणा

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746186188.jpg

काठमाडौं । सरकारले विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने घोषणा गरेको छ ।


सरकारले नीति तथा कार्यक्रममा आवसीय विद्यालय खोल्ने उल्लेख गरेको हो । ‘विकट भौगोलिक क्षेत्रलाई लक्षित गरी आवासीय विद्यालयहरू खोलिनेछ,’ राष्ट्रपति रामचन्द्र पौडेलले भने ।


निजी विद्यालयका लागि राष्ट्रिय नियमन मापदण्ड जारी गर्ने, शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने, विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैङ्कको स्थापना गर्ने, शिक्षकको राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने घोषणा सरकारले गरेको छ ।


शिक्षक किताबखानाका काम प्रणालीगत रूपमा क्रमशः प्रदेश सरकारलाई हस्तान्तरण गरिने घोषणा सरकारले गरेको छ ।