मेयरसाप

स्थानीय तह

केपी ओली

राजस्व

निर्माण

स्वास्थ्य क्लिनिक

संस्कृति

झापा गाउँपालिका

श्रमदान

सडक

अस्पताल

सीप

सिरहामा शिकारीले फालेर भागेको २ थान भरुवा बन्दुक फेला

मुकेश कुमार यादव

शनि, बैशाख २०, २०८२ | १६:४३ बजे

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१० डण्डामा दुई थान भरुवा बन्दुक फेला परेको छ। शिकार खेल्न गएका शिकारीहरूले बन्दुक फालेर भागेको अवस्थामा दुई थान भरुवा बन्दुक फेला परेको हो।

 

शिकार खेल्ने क्रममा बन्दुक पड्किएको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा खोजतलासको क्रममा भरुवा बन्दुक फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहले जानकारी दिए।

 

उनले भने, ‘शिकारीहरुले आपगाछी क्षेत्रमा दुई थान भरुवा बन्दुक फालिएको अवस्थामा फेला परेको छ। शिकारीहरूले सिकार खेल्ने क्रममा बन्दुक पड्काएको सूचना आएपछि हामी घटनास्थलमा पुगेर खोजतलास गर्दा बन्दुक फेला पारेको हो।'

 

बन्दुक कसले फालेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology