वर्षाले कक्षा १२ का परीक्षार्थीलाई समस्या, पानीमा रुझ्दै परीक्षा केन्द्रमा पुगे विद्यार्थी


काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ ।
देशका विभिन्न स्थानमा भइरहेको वर्षाको कारण परीक्षार्थी समस्यामा परेका छन् । काठमाडौंमा पनि पानीमा रुझ्दै र छाता ओडेर विद्यार्थीहरू परीक्षा केन्द्रमा पुगेका छन् । परीक्षा बिहान ८ बजेबाट सुरु भएको परीक्षा ११ बजेसम्म जारी रहनेछ ।
आगामी जेठ २ सम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।