नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणमा १ करोड ८४ लाखको भ्रष्टाचार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगञ्जको आकस्मिक कक्ष भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुरसहित ५ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ठाकुरसहित ५ जना र ठेकेदार कम्पनी लुम्बिनी–मिसन जेभीमाथि सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । अख्तियारले प्रतिवादीसँग १ करोड ८४ लाख ३८ हजार ४५८ रूपैयाँ बिगो दाबी गरेको छ ।
अन्य प्रतिवादीमा इन्जिनियर राजेन्द्र शाह र सकुर अन्सारी, नासु शुशीलप्रसाद यादव र लेखापाल सुदिप कुमार माझि, ठेक्का मुल्यांकन समितिका संयोजक डा. विरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरीमाथि मुद्दा दर्ता गरेको हो ।