नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा.अर्जुन कार्की नियुक्त

काठमाडौं । नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा.अर्जुन कार्की नियुक्त भएका छन् । वरिष्ठ चिकित्सक एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उप–कुलपति कार्कीलाई नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उपकुलपति नियुक्त गरेको हो ।
नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा परिषद्ले कार्कीलाई नियुक्त गरेको छ । त्यसैगरी विश्वविद्यालयको रजिष्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा.सूर्यराज आचार्य नियुक्त भएका छन् ।
उप–कुलपति तथा रजिष्ट्रारको नियुक्ति सिफारिस समितीको सिफारिसको आधारमा परिषद तथा कुलपतिबाट ऐनको प्रावधान अनुसार गरिएको बताइएको छ । ऐन अनुसार, विश्वविद्यालयको उच्च शासकीय निकाय संरक्षक परिषद् रहने व्यवस्था छ ।