रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले मिश्र र प्रसाईँसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
मिश्र र प्रसाईसहित २५ जनामाथि प्रहरीले थुनामा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । चैत १५ गते भएको राजावादीको आन्दोलनमा २ जनाको ज्यान गएको थियो भने धेरै घर, प्रतिष्ठान, सवारी साधनलगायत सम्पत्ति तोडफोड र आगजनी भएको थियो।