प्रतिनिधिसभामा आजबाट नीति तथा कार्यक्रममा छलफल हुने


काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा केपी ओली नेतृत्वको सरकारले गत वैशाख १९ प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल सुरू हुने भएको छ ।
जसका लागि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनपछि छलफल गरिने संसद सचिवालयले जनाएको छ ।
