Ad Image

पाकिस्तानले भन्यो– भारतको ३ राफेलसहित ५ वटा जेट खसाल्यौं

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746584466.jpg

काठमाडौं । पाकिस्तानमाथि आक्रमण गर्ने भारतका ५ वटा फाइटर जेट खसालेको पाकिस्तानी सेनाले दावी गरेको छ । भारतीय विमानहरूले पाकिस्तानमाथि आक्रमण गरेपछि आफूहरूले  पनि आक्रमण गरेर भारतीय फाइटर जेट खसालेको पाकिस्तानी सेनाले जनाएको छ। 

 

फ्रान्समा निर्मित ३ वटा राफेल बिमान र २ वटा रूसमा बनेका लडाकु जहाज खसालेको पाकिस्तानी सेनाले दावी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।  विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।  
 

यसअघि भारतले बुधबार बिहान पाकिस्तानमाथि आक्रमण गरेको थियो । भारतले गरेको मिसाइल आक्रमणमा परेर ८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ।   मृत्यु हुनेमा ३ वर्षीय बालक पनि छन् । यस्तै ३५ जना घाइते भएको पाकिस्तानले बताएको छ।
 
भारतले मंगलबार राति पाकिस्तानमा आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ । भारतको आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले बताएका छन् ।  

 

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक वक्तव्यमा भने, ‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ।’ पाकिस्तानी सेनाले ‘हवाई र जमिनी’ रूपमा जवाफ दिने बताएको छ।