आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।
आज बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/८१ माथि छलफल हुनेछ ।
आज साढे ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठकमा बारपाक क्षेत्रमा भूकम्पपछि भएको पुनर्निर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षा हुनेछ ।
त्यसैगरी आज बिहान साढे ११ बजे नै विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।