कर्मचारी र व्यवसायीलाई कुट्ने पोखरा महानगर ४ का वडाध्यक्ष पराजुली पक्राउ


पोखरा । पोखरा महानगरपालिका– ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । कर्मचारी र व्यवसायीलाई हातपात गर्ने वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष पराजुलीले हातपात गरेको भन्दै स्थानीय व्यवसायी लेखनाथ सुवेदीले मंगलबार किटानी जाहेरी दिएका थिए । फुटपाथमा सामान राखेको भन्दै वडाध्यक्षले व्यवसायी सुवेदीलाई मंगलबार हातपात गरेका थिए ।
यस्तै वडाध्यक्ष पराजुलीले मंगलबार नै महानगरको प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोख्रेललाई पनि हातपात गरेका थिए । सोही हातपातका कारण महानगरका कर्मचारीले बुधबार महानगरको सेवा ठप्प पारेका थिए ।