प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक, यस्ता छन् एजेन्डाहरू


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ५ बजे बस्ने बताइएको छ ।बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।