Ad Image

भालेश्वर महादेवको दर्शन गर्दै स्वामी कैलाशानन्दले भने, पर्यटकका लागि चन्द्रागिरि उत्कृष्ट गन्तव्य’

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746706980.jpeg

काठमाडौं। भारतको प्रसिद्ध निरञ्जन अखाडाका प्रमुख स्वामी कैलाशानन्द गिरीले चन्द्रागिरिस्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका छन् । नेपालका विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने क्रममा स्वामी कैलाशानन्दले आज चन्द्रागिरिस्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका हुन् ।


दर्शन लगत्तै कैलाशानन्दले भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति गर्न पुगेको बताए । काठमाडौंमा रहँदा चन्द्रागिरिमै बस्दै आएका उनले पर्यटकहरूका लागि चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको बताए ।

 

स्वामी कैलाशानन्दसहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढेर भालेश्वर महादेवको दर्शन गरेको समय अत्यन्तै स्मरणीय रहने बताएका छन् ।

 

स्वामी कैलाशानन्दले भने, ‘मनमोहक दृश्य, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य हो । यहाँको वातावरण, संस्कृति, र प्राकृतिक सुन्दरताले सबैलाई लोभ्याउँछ ।’

 

नेपाल भ्रमणको क्रममा स्वामी कैलाशानन्दले लुम्बिनी केबलकारमा यात्रा गरेर वसन्तपुरकाे कामाख्या देवीको मन्दिर समेत दर्शन गरेका छन् । त्यसैगरी रसुवाको गोसाईकुण्ड र काठमाण्डौंमा दक्षिणकाली मन्दिरमा समेत पूजा गरेका छन् ।