प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ । आजको बैठकमा पनि सांसद्हरूले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने कार्यसूची छ। नीति तथा कार्यक्रममाथि सांसदले धारणा राख्ने क्रम शुक्रबार सकिने छ। नीति तथा कार्यक्रममाथि सोमबारदेखि निरन्तर छलफल भइरहेको छ।
नीति तथा कार्यक्रममाथिको छलफलको लागि प्रतिनिधिसभामा छुट्याइएको १८ घण्टामध्ये अब ३ घण्टा मात्रै बाँकी रहेकाले आज यस माथिको बहस सकिने संसद् सचिवालयले जनाएको छ। दुवै सदनमा यही वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यतालिका तय भइसकेको छ।
