मेयरसाप

स्थानीय तह

केपी ओली

राजस्व

निर्माण

स्वास्थ्य क्लिनिक

संस्कृति

गुणस्तरहीन दुध

पार्किङ

देवचुली नगरपालिका

बटेश्वर गाउँपालिका

स्काइ–वाक टावर

नाबालिका बलात्कारका अभियुक्त बिर्तामोडका पूर्वमेयरलाई धरौटीमा छोड्न आदेश

Mayorsap

शुक्र, बैशाख २६, २०८२ | १२:०६ बजे

झापा ।  नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालत विराटनगरले धरौटीमा छोड्ने आदेश दिएको छ। उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीशद्वय किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले बिहीबार शिवाकोटीलाई २० लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।

 

शिवाकोटीमाथि आफ्नै घरमा राखेकी बालिकालाई पटक पटक बलात्कार गरेको आरोप छ । यसअघि २०८१ पुस २२ मा जिल्ला अदालत झापाले शिवाकोटीले आफ्नै घरमा घरेलु कामदारका रूपमा रहेकी १५ वर्षीया नाबालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुुनामा पठाउन आदेश दिएको थियो ।‌ तर शिवाकोटी पाँच महिनासम्म बिर्तामोडको बीएन्डसी अस्पतालमा बसेका थिए । ‘बेरीतको आदेश बदर गरिपाऊँ’ भन्दै शिवाकोटीले उच्च अदालतमा निवेदन दिएका थिए । बिहीबार उच्च अदालतले उनलाई धरौटीमा छोड्ने आदेश दिएको हो ।

 

भारतको आसाम घर भएकी पीडित बालिका बुबाआमाको निधनपछि बिर्तामोडमा हजुरआमासँग बस्दै आएकी थिइन् । पछि पूर्वमेयर शिवाकोटीले बालिकालाई संरक्षण गरेर पढाइ दिने भन्दै आफ्नो घर लगेका थिए । तर शिवाकोटीले घरमा कोही नभएको बेला आफूलाई पटक पटक बलात्कार गरेको बालिकाले बयान दिएकी छिन् ।


बालिका विद्यालय पोसाकमै भारततिर गइरहेको बेला ‘आफन्त नेपाल’ ले उद्दार गरेको थियो । आफन्त नेपालले बालिकालाई उनको परिवारको जिम्मा लगाउने क्रममा बालिकाले शिवाकोटीले आफूलाई बलात्कार गर्ने गरेको बताएकी थिइन् । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology