Ad Image

पाकिस्तानद्वारा ‘अपरेशन सिन्दूर’विरुद्ध ‘बुनयान–उल–मरसूस’ घोषणा

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746846445.jpg

काठमाडौं । पाकिस्तानले भारत विरुद्ध कारबाही सुरु गरेको घोषणा गरेको छ। भारतको ‘अपरेशन सिन्दूर’विरुद्धको जवाफी कारबाहीलाई अपरेशन ‘बुनयान–उल–मरसूस’ नाम दिइएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले उक्त घोषणा गरेको हो । भारतले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारतविरुद्ध प्रतिआक्रमण सुरु गरिएको पाकिस्तानी सेनाले बताएको छ।

 

यसअघि नै पाकिस्तानले आफूले घोषणा गरेर मात्र आक्रमण सुरु गर्ने बताएको थियो । शनिबार बिहान पाकिस्तानी सेनाका प्रवक्ताले भारतले आफ्ना तीनवटा एयरबेसलाई निशाना बनाएको दाबी गरेका थिए। रावलपिंडीको बास नुर खान एयरबेस, चकवाल नजिकैको मुरिद र पूर्वी पञ्जाबको झाङ जिल्लाको रफिकी एयरबेस नजिकै विस्फोटको आवाज सुनिएको जनाइएको थियो। 

 

यसअघि शुक्रबार राति पाकिस्तानले भारतका २६ शहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको थियो । पाकिस्तानले भारतीय वायुसेनाको अग्रगामी अड्डा र शहरहरूलाई निशाना बनाउने प्रयास गरेको र त्यसलाई भारतीय सेनाले सफलतापूर्वक विफल पारेको भारतीय सेनाले जनाएको थियो।  

 

उक्त हमलापछि भारतीय वायुसेनाले जवाफी कारबाही गरेर रावलपिंडी सहित पाकिस्तानका महत्त्वपूर्ण वायुसेना स्टेशनहरूलाई निशाना बनाएको भारतीय सेनाको भनाइ छ। शनिबार बिहान पाकिस्तानी सेनाका प्रवक्ताले भारतले पाकिस्तानका तीनवटा एयरबेसमा मिसाइल आक्रमण गरेको बताएका छन्।
 

भारतले एयरबेसमा मिसाइल आक्रमणको जवाफमा पाकिस्तानले अपरेशन ‘बुनयान–उल–मरसूस’ घोषणा गरेलगत्तै भारत प्रशासित कश्मीरको उधमपुरको डिब्बर क्षेत्रमा विस्फोट भएको बताइएको छ ।  त्यस क्षेत्रमा लगातार खतराको साइरन बज्न थालेको छ ।
 
प्रत्याक्रमणको घोषणासँगै पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शनिबार स्थानीय समयानुसार बिहान ३ः१५ बजेदेखि दिउँसो १२ बजेसम्म आफ्नो वायुसीमा बन्द गर्ने निर्णय गरेको छ । भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझ पनि गोलाबारी भएको थियो ।