Ad Image

पाकिस्तानको गोलीबारीमा भारतीय उच्च अधिकारीको ज्यान गयो

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746851860.jpg

काठमाडौं । भारतले जम्मु–कश्मीरमा पाकिस्तानको गोलीबारीमा एक उच्च सरकारी अधिकारीको मृत्यु भएको दाबी गरेको छ ।

 

जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत अतिरिक्त जिल्ला विकास आयुक्त (एडिसनल डिभिजनल कमिस्नर) राजकुमार थापाको ज्यान गएको जानकारी दिएका हुन् ।

 

‘राजौरीबाट निकै दुःखद खबर आएको छ,’ उनले लेखेका छन्, ‘हामीले एक समर्पित प्रशासनिक अधिकारी गुमाएका छौं। हिजोमात्र उनी उपमुख्यमन्त्रीसँगै जिल्लामा थिए र मेरो अध्यक्षतामा आयोजित भर्चुअल बैठकमा सहभागी भएका थिए।’

 

मुख्यमन्त्रीका अनुसार पाकिस्तानतर्फबाट गरिएको गोलीबारीमा थापाको घर लक्षित बनाइएको थियो । सोही आक्रमणमा थापाको मृत्यु भएको हो । हालसम्म अन्य मानवीय वा भौतिक क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन । भारतीय सुरक्षा निकायले भने गोलीबारीको प्रतिकार गरिएको जनाएको छ ।

 

यसबीच, भारतले हालै सुरु गरेको ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तानमा हवाई आक्रमण गरेपछि पाकिस्तानले त्यसको जवाफमा ‘बुनयान–उल–मरसूस’ नामको कारबाही थालेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले भारतीय हवाई सेना तथा मिसाइल भण्डारण क्षेत्रहरूलाई लक्ष्य बनाएर जवाफी कारबाही गरिरहेको छ ।