Ad Image

गभर्नर नियुक्तिमा बिचौलियाको चलखेल भयो : स्वर्णिम वाग्ले

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746870346.jpg

नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा दुई ठूला दल कांग्रेस र एमालेबीच बिचौलियामार्फत प्रतिस्पर्धा चलिरहेको आरोप लगाएका छन् ।

 

शनिबार पूर्वी नवलपरासीको रजहरस्थित प्राकृतिक चिकित्सालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अर्बौंको चलखेल सुरु भएको र योग्य अर्थविद् गुणाकर भट्टलाई हटाएर अयोग्य व्यक्तिलाई नियुक्त गर्ने तयारी दुर्भाग्यपूर्ण भएको बताए ।

 

वाग्लेले कांग्रेस–एमालेले मिलेर देशको वित्तीय अनुशासन ध्वस्त पार्न खोजेको आरोप समेत लगाए । “मुख्य नेताहरू प्रष्टीकरणबाट कमाएको सम्पत्ति लुकाउन सत्ता छोड्न चाहँदैनन्,” उनले भने ।

 

उनले अख्तियार, प्रहरी, कर्मचारीदेखि अदालतसम्म मुख्य नेताको सेटिङमा कमजोर बनाइएको टिप्पणी गरे । दुई ठुला दल मिलेर सरकार सञ्चालन गरिनु लोकतन्त्रका लागि दुर्लभ र खतरनाक घटना भएको उनको धारणा छ ।