Ad Image

तीन जना स्रष्टा र दुई संस्थालाई काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746876067.PNG

काठमाडौं । नेपाली भाषा, साहित्य र वाङ्मयको विकासका निम्ति योगदान गरेका तीन जना स्रष्टा र दुई संस्थालाई पुरस्कारसहित सम्मान गरिएको छ ।
     

पण्डित काशीनाथ उपाध्याय कट्टेल र उनकी धर्मपत्नी हरिप्रिया कट्टेलको स्मृतिमा स्थापना भएको पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठानले आज काठमाडौँमा कार्यक्रममा आयोजना गरेर ती स्रष्टा संस्थालाई सम्मान गरेको हो ।
     

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रा.डा.हेमाङ्गराज अधिकारी र प्रा.डा. दीर्घराज घिमिरेलाई वाङ्मय पुरस्कार र धनकुटाको विश्रान्तिधाम संस्कृत गुरुकुल र पिण्डेश्वर विद्यापीठ धरानस्थित दुई छात्रलाई सम्मान गरिन् । अधिकारी र घिमिरेलाई नगद रु २१ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

  
हरिप्रिया कट्टेल  प्रतिभा पुरस्कार साहित्यकार मुना अर्याललाई प्रदान गरिएको छ । उनलाई नगद रु १५ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको हो ।

   
त्यस अवसरमा पूर्वप्रधानन्यायाधीश कार्कीले प्रतिष्ठानका अध्यक्ष प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेलद्वारा लिखित ‘व्यावहारिकसंस्कृतसम्भाषणाभ्यासः’ पुस्तक विमोचन गरिन् । पुस्तक  समीक्षा गर्दै प्रा डा रमा भट्टराईले संस्कृत सिक्न चाहनेका लागि पुस्तक सहयोगी हुने बताइन् ।
     
कार्यक्रममा दिइएको जानकारीअनुसार २०६७ सालमा स्थापना उक्त प्रतिष्ठानले हालसम्म नेपाली वाङ्मयको विकासमा योगदान गरेका २४ भन्दाबढी व्यक्ति र संस्थालाई सम्मान गरिसकेको छ ।