Ad Image

युद्धविरामपछि पनि भारतको अमृतसर अझै ‘रेड अलर्ट’मा

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746935194.png

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भए पनि भारतीय राज्य पन्जाबको अमृतसर जिल्ला अझै  ‘रेड अलर्ट’मा छ। अमृतसरमा बिजुली नियमित गरिएको छ । तर जिल्ला अझै पनि रेड अलर्टमा छ । 

 

त्यहाँ अझै मानिसहरूलाई घरबाट बाहिर ननिस्कन र झ्यालबाट टाढा रहन भनिएको बीबीसी हिन्दीले जनाएको छ । गएराति अमृतसरमा ठूलो साइरन सुनिएपछि डिप्टी कमिश्नर साक्षी साहनीले आइतबार बिहानै एक एडभाइजरी जारी गरेकी छन् ।   

 

जसमा भनिएको छ, ‘अवस्था पूर्ण रूपमा सुरक्षित भएपछि प्रशासनले हरियो संकेत दिनेछ। कृपया नआत्तिनुहोस्, शान्ति कायम राख्नुहोस् र प्रशासनका सबै निर्देशन पालना गर्नुहोस् ।’ चार दिनदेखि ड्रोन हानाहान गरिरहेका भारत र पाकिस्तानबीच शनिबार (१० मे) साँझ युद्धविराम गर्ने सहमति भएको हो ।

 

युद्धविरामपछि पनि पाकिस्तानले सीमा क्षेत्रमा आक्रमण गरिरहेको आरोप भारतले लगाइरहेको छ। तर पाकिस्तानले यो कुरा अस्वीकार गरेको छ ।