Ad Image

माओवादी सुदूरपश्चिमको विवाद टुङ्गो लगाउन प्रचण्डले बोलाए छलफल

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746940255.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश संसदीय दलको विवाद समाधानका लागि प्रयास जारी राखेका छन् । 


आइतबार बिहान खुमलटारस्थित निजी निवासमा प्रचण्डले खगराज भट्ट, शिवसिंह ओली, रमेशसिंह धामी र झपटबहादुर साउदसँग छलफल गरे पनि ठोस सहमति भने जुट्न सकेन ।


सांसद खगराज भट्टका अनुसार संसदीय दलका नेता मानबहादुर धामी छलफलमा सहभागी नभएपछि निष्कर्ष ननिस्किएको हो । यसअघि पनि बारम्बार छलफल भए पनि सहमति हुन सकेको थिएन ।


प्रचण्डले अब जेठ १ गते डडेलधुरामा दुवै पक्षलाई बोलाएका छन् । उनी त्यही दिन मध्यपहाडी लोकमार्ग अन्तर्गतको कार्यक्रममा सहभागी हुन पनि जाँदै छन् ।


२०८० फागुनमा भट्टलाई हटाएर धामी संसदीय दलको नेता बनाइएका थिए । तर पार्टीले चार पटक परिपत्र पठाउँदा पनि भट्टलाई पुनः नेता बनाउने निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।