Ad Image

बिहे भोजमा खाजा खाँदा सय जनाभन्दा बढी बिरामी

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747047174.jpeg

जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीमा आयोजित एक विवाह भोजपछि सय जनाभन्दा बढी व्यक्ति बिरामी परेका छन् ।

 

स्थानीय नरेश महराको छोरीको विवाहमा जन्ती टोलीसहित आएका अतिथिहरूले खाजामा बुनियाँ, रसबरी लगायतका परिकार सेवन गरेपछि ती व्यक्तिहरूमा पेट दुख्ने, वान्ता आउने र कमजोरी महसुस हुने लक्षण देखिएको हो ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार जन्ती जनकपुर उपमहानगरपालिका–२३ बिन्धीबाट आएका थिए । विवाह समारोहमा खाजा खाए लगत्तै धेरै जनामा एकै प्रकारका लक्षण देखिएपछि खाद्य विषाक्तताको आशङ्का गरिएको छ ।

 

“हामीले घटनास्थल पुगेर खाजाको स्याम्पल सङ्कलन गरेका छौँ,” यादवले भने, “हाल प्रयोगशालामा परीक्षण भइरहेको छ, नतिजापछि वास्तविक कारण पुष्टि हुनेछ।”

 

बिरामीमध्ये ४५ जनाभन्दा बढीलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ भने अन्य स्थानीय क्लिनिक र अस्पतालहरूमा उपचाररत छन् । केही बिरामी भने उपचारपछि घर फर्किइसकेका छन् ।

 

जनस्वास्थ्य कार्यालयले घटनाबारे थप अनुसन्धान गरिरहेको र भोजमा खाजा व्यवस्थापनमा प्रयोग गरिएका सामग्री तथा सरसफाइ अवस्थाबारे पनि मूल्याङ्कन भइरहेको जनाएको छ ।