Ad Image

‘इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने २३ वर्षीय युवक भक्तपुरबाट पक्राउ

User Image Mayorsap | २० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/arrested_g8ZbKF0tpq_ZBzFzAwymg.jpg

भक्तपुर । ‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एक जनालाई प्रहरीले बुधबार एकैदिन पक्राउ गरेको छ । भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।