पति र पत्नीबीच सम्बन्ध सुमधुर बनाउन 'ढुकुर जोडी' प्रतियोगिता, को बन्ला उत्कृष्ट ?


काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिकाले पति र पत्नीबीचको सम्बन्ध सुमधुर बनाउन उत्कृष्ट ढुकुर जोडी प्रतियोगिता गर्ने भएको छ । पछिल्लो समय नगरपालिकाको न्यायिक समितिमा पति र पत्नीबीचको झै–झगडा, ईज्जद आमद अनुसार खाना लाउन पाउँ, लैंगिक हिंसा, गाली बेइज्जती सम्बन्धी मुद्दा दिनप्रतिदिन बढ्दै गएको नगरपालिकाले जनाएको छ ।
समाजमा लामो समयदेखि विभिन्न आरोह, अवरोह पर गर्दै सुखद दाम्पत्य जीवन यापन गर्दै आएका उदाहरणीय जोडी समेत छन् र त्यसबाट धेरै कुरा सिक्न जरुरी छ भन्ने पाठ सिकाउन प्रतियोगिताको आयोजना गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिएका छन् ।
नगरपालिकाले हरेक वडाबाट १ जोडीलाई उत्कृष्ट ढुकुर जोडी घोषणा गर्ने भन्दै निवेदन आह्वान गरेको छ । सम्बन्धबिच्छेद तथा लैङ्गिक हिंसाका घटनाहरु न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गर्न लागेको प्रतियोगिताको आवेदनका लागि १० दिएको समय दिइएको छ । १७ जेठसम्ममा पालिकामा निवेदन दिनसक्ने सूचनाका अनुसार उत्कृष्ट ढुकुर जोडी बन्न यस्ता ११ विशेषता जरुरी हुनेछन् ।