रामेछापबाट शव लिएर आउँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

काठमाडौं । रामेछापबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानी भित्री सडकमा दुर्घटना भएको छ ।
बिहीबार बिहान ११ बजेतिर दोरम्बाबाट शव लिएर काठमाडौं आउँदै गरेको प्र.३–०१–००२ झ ५८०३ नं.को एम्बुलेन्स ओरालोमा सडकबाट १०० मिटर तल झरेर दुर्घटना भएको हो ।
दुर्घटनामा एम्बुलेन्समा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । एम्बुलेन्स चालक रामेछाप दोरम्वाशैलुङ्ग–३ बस्ने २४ वर्षीय सुरेश मगर, रामेछाप दोरम्बा शैलुङ्ग गाउँपालिका–२ बस्ने ४१ वर्षीय नारायणबहादुर नेपाली र ५३ वर्षीय दिलबहादुर दमाई घाइते भएका हुन् ।
एम्बुलेन्स र शवलाई सडकमै छोडेर अर्को एम्बुलेन्समार्फत घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाएको प्रहरीले जनाएको छ ।