सहकारीको ऋण नतिरेर फरार भएका एमालेका नेता अर्याल पक्राउ

काठमाडौं । काठमाडौंको दिगो पर्यटन सहकारी संस्थाको ऋण लिएर नतिरि फरार भएका नेकपा एमालेका नेता कृष्णकुमार अर्याललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अर्याललाई आज पक्राउ गरेको हो ।
एमालेको गैरभौगोलिक अन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीका सदस्य रहेका अर्याललाई काठमाडौं जिल्ला अदालतले २०८२ जेठ ५ गते एक वर्ष कैद र ११ लाख ५० हजार बिगो भराउन आदेश दिएको थियो।
सोही आदेश बमोजिम प्रहरीले अर्याललाई पक्राउ गरेको हो ।