Ad Image

बैतडीको खलंगा केन्द्रविन्दु भएर लगातार दुई पटक भूकम्प

User Image Mayorsap | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/earthquake.jpg

काठमाडौं । आज बिहान बैतडीको खलंगा केन्द्रविन्दु भएर लगातार दुई पटक भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका अनुसार आज बिहान १ बजेर ४५ मिनेटमा ५.१ र २ बजे ३.७ म्याग्निच्युडको भूकम्प गएको हो । 

लगातार दुई पटक भूकम्पको धक्का महसुस भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको  सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाले जानकारी दिएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीले सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ ।