Ad Image

डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप

User Image Mayorsap | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/a jhadap.jpg

काठमाडौं । डोल्पाको ठूली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप भएको छ। शनिवार दिउँसो रूकुमको मैकोट गाउँपालिकाका स्थानीय र डोल्पाको काईके गाउंपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयबीच झडप भएको हो ।

यार्सागुम्बा संकलनमा सीमा इलाकाको विषयमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ । झडपमा दुवै पक्षका गरी अन्दाजी ७ सय मानिसहरू छन् । 

स्थितिलाई नियन्त्रणमा लिनको लागि  सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको  कमाण्डमा खटिएको टोलीले २ राउन्ड हवाइ फायर गरेको बताइएको छ ।