Ad Image

गणतन्त्रविरोधी गतिविधि सह्य नहुने एमालेको चेतावनी

User Image Mayorsap | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/uml sachiwalaya.jpg

काठमाडौं । नेकपा एमालेले गणतन्त्रविरुद्ध हुन सक्ने कुनै पनि गतिविधिलाई कडाइका साथ प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउने निर्णय गर्दै पार्टी संगठनलाई त्यसअनुसार तयारी गर्न निर्देशन दिएको छ ।

राजावादी समूहले गणतन्त्र दिवसकै दिन प्रदर्शन गर्ने तयारी गरिरहेका बेला एमालेले यस्ता प्रयासहरूलाई ‘अवाञ्छित र अस्वीकार्य’ ठहर गरेको छ ।

पार्टीको निर्णयमा भनिएको छ, “गणतन्त्रको रक्षा र विकासका लागि पूर्ण प्रतिबद्ध रहँदै जेठ १५ गते गणतन्त्र दिवस भव्य रुपमा मनाइनेछ। गणतन्त्रविरुद्ध हुने कुनै पनि अवाञ्छित गतिविधि सह्य हुने छैन।”

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले देशैभर विविध कार्यक्रमसहित गणतन्त्र दिवस मनाउने तयारी थालेको जानकारी दिए ।