शंकर पोखरेलको प्रस्तावमा अनेरास्ववियुमा लाग्यो ३२ वर्षे उमेर हद


काठमाडौं । नेकपा एमालेले विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको पार्टी सचिवालय बैठकले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको एक पदाधिकारीले बताए । सचिवालय बैठकको अन्त्यमा महासचिव शंकर पोखरेलले ३२ वर्षे उमेर हदको प्रस्ताव राखेका थिए । महाससचिव पोखरेलले गरेको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओलीले सहमति जनाएका थिए ।
यो निर्णय निर्णयसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन् । नेतृत्वको स्वभाविक दाबेदार रहेका उपाध्यक्षहरू धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती र गोविन्द गिरी उमेर हदका कारण संगठनबाट बाहिरिने छन् । अध्यक्ष पदका बलिया दाबेरदार रहेका महासचिव नरेश रोकाया पनि उमेर हदका कारण संगठनबाट बाहिरिने छन् ।
सचिवहरू मनोज ताम्ली, सञ्जीव धिताल, आशीर्वाद सुवेदी र विनिता काफ्ले पनि उमेर हदका कारण संगठनबाट बारिने भएका छन् । त्यसपछि अहिलेका पदाधिकारीमध्ये सचिवहरु डा। सुजन कडरिया, प्रकाश पौडेल, दिपक धिताल, अन्जना शिवाकोटी र आरती भट्टराईमात्र योग्य हुनेछ । अनेरास्ववियुको महाधिवेशन आगामी जेठ २५–२८ मा हुँदैछ ।