Ad Image

लमजुङमा आगलागीमा परी महिलाको मृत्यु

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Death-body.jpeg

लमजुङ ।  सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो । आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि  प्रहरी र स्थानीयले उनी बस्ने कोठाको ढोका फोरेर उनलाई उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।