Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

वडा कार्यालयको १० लाख लागतमा सिक्रेटारमा बाल उद्यान निर्माण

User Image मेयरसाप डेस्क | २०८२ जेठ ११ गते १०:३६
Image of https://mayorsap.com/storage/photos/10/bal udhan.PNG

भोजपुर । बालबालिकाको मनोरञ्जनका लागि अरुण गाउँपालिका–७ सिक्रेटारमा वडा कार्यालययले १० लाख खर्चेर बाल उद्यान निर्माण गरेको छ । 

वडाध्यक्ष कुमार थापाका अनुसार यहाँका पर्यटकीय क्षेत्रको विकाससँगै बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई दृष्टिगत गरी बाल उद्यान निर्माण गरिएको हो । 

बाल उद्यान हुँदै यहाँको कैलाशडाँडा र हरित पहाडलगायत क्षेत्रलाई जोडेर एकीकृत पर्यटकीय क्षेत्रको विकासमा वडाले योजनाबद्ध रूपमा काम थालेको उनले बताए। 

स्थानीय  खड्कबहादुर खड्काले बाल उद्यान अभिभावकलाई आफ्ना बालबालिका घुमाउने उपयुक्त स्थल बनेको बताए। उद्यानमा बालबालिकाको मनोरञ्जनका लागि विभिन्न भौतिक संरचना निर्माण गरिने वडा कार्यालयले जनाएको छ । 


Facebook Comments