Loading...
Ad Image

बैतडीको तल्लोस्वराड क्षेत्रमा विद्युत् विस्तारले तीव्रता लिँदै

User Image Mayorsap | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bijuli.jpg

बैतडी । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा विद्युत् विस्तारको काम तीव्र गतिमा अघि बढिरहेको छ । 

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय लाइनमार्फत पञ्चेश्वरमा मात्रै चार हजारभन्दा बढी घरधुरीमा बत्ती पुगेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।

‘उज्यालो पञ्चेश्वर’ अभियानलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले आर्थिक वर्ष २०७७\७८ देखि विद्युत् विस्तारलाई अघि बढाएको हो । हाल चार करोड ९३ लाखको ठेक्कामार्फत विद्युत् विस्तारको अन्तिम चरणको काम भइरहेको छ ।

स्थानीय बासिन्दा नरेन्द्र चन्दका अनुसार, वर्षौं टुकीको भरमा जीवन बिताएका बस्तीहरू अब उज्यालोले भरिन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले छिट्टै सम्पूर्ण जिल्लामा विद्युत् सेवा पुर्‍याउने लक्ष्य रहेको बताए ।