बजेट भाषण: प्रदेश र स्थानीय तहका लागि ५ खर्ब ११ अर्बभन्दा बढी अनुदान


काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहका लागि ज५ खर्ब ११ अर्ब रूपैयाँभन्दा बढी अनुदान दिने भएको छ । बिहीवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय तहका लागि ५ खर्ब ११ अर्ब रूपैयाँभन्दा बढी अनुदान विनियोजन गरेको जानकारी दिएका हुन् ।
राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा १ खर्ब ६५ अर्ब रुपैयाँ हस्तान्तरण हुने अनुमान गरिएको छ। प्रदेशका लागि ससर्त अनुदान तर्फ ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।
वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशका लागि ६० अर्ब ६६ करोड र स्थानीय तहका लागि ८८ अर्ब ९७ करोड विनियोजन भएको छ । त्यसैगरी समपूरक अनुदानतर्फ प्रदेशका लागि ३ अर्ब २८ करोड र स्थानीय तहका लागि १० अर्ब ६ करोड विनियोजन गरिएको छ ।
विदेशी अनुदानतर्फ भने प्रदेशका लागि ३ अर्ब २७ करोड र स्थानीय तहका लागि ९ अर्ब ७८ करोड विनियोजन भएको अर्थमन्त्री पौडेलले बताए ।