व्यास नगरपालिकामा आपत्कालीन केन्द्र सञ्चालन
व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेका अनुसार, केन्द्रले विपद्को जोखिम न्यूनीकरण गर्दै प्राकृतिक र मानवजन्य प्रकोपले जनधनमा पर्ने क्षति न्यून गर्न भूमिका खेल्नेछ।
No Author Assigned | २०८१ भदौ २१ गते २३:०४
व्यास नगरपालिकाले आपत्कालीन केन्द्र सञ्चालनमा ल्याएको छ। उक्त केन्द्रमा एम्बुलेन्स, दमकल, शव वाहन, डोजर, ब्याक लोडर, फायर सिलिन्डर लगायतका उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राखिएको छ। नगरपालिकाले विपद् व्यवस्थापन र आपत्कालीन सेवाहरूको सहज उपलब्धताका लागि यो केन्द्र सञ्चालनमा ल्याएको हो।
व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेका अनुसार, केन्द्रले विपद्को जोखिम न्यूनीकरण गर्दै प्राकृतिक र मानवजन्य प्रकोपले जनधनमा पर्ने क्षति न्यून गर्न भूमिका खेल्नेछ। यस केन्द्रले खोज, उद्धार, प्राथमिक उपचार र क्षतिको लेखाजोखा लगायतका सेवा २४ घण्टा उपलब्ध गराउनेछ।
केन्द्रलाई थप प्रभावकारी बनाउन सात लाख रुपैयाँको नयाँ सामग्री खरिद गरिएको छ, र बाढी पहिरो तथा आगलागी जस्ता आपतकालीन अवस्थाहरूमा काम गर्न कर्मचारी र आवश्यक साधन तयारी अवस्थामा राखिएको छ।
सञ्चालन गरिएको यो केन्द्रले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सहकार्य गर्दै नगरभित्रको विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
Facebook Comments