गल्याङ नगरपालिकामा विषादी परीक्षण केन्द्र सात वर्षदेखि प्रयोगविहीन
गण्डकी प्रदेशमा भित्रिने कृषि उपज तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्न खोलिएको यो केन्द्र कर्मचारी अभावका कारण सञ्चालनमा आउन सकेको छैन।
No Author Assigned | २०८१ भदौ २१ गते २३:२८
स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गामा स्थापना गरिएको विषादी परीक्षण केन्द्र स्थापना भएको सात वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन।
गण्डकी प्रदेशमा भित्रिने कृषि उपज तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्न खोलिएको यो केन्द्र कर्मचारी अभावका कारण सञ्चालनमा आउन सकेको छैन। गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईका अनुसार, निर्वाचित भएपछि निरन्तर पहल भए पनि केन्द्र सञ्चालन हुन नसकेको हो। प्रदेश मातहतको कार्यालय भए पनि पालिकाले सक्दो सहयोग गरिरहेको बताइएको छ।
वडाध्यक्ष मणिप्रसाद बस्यालले अत्याधुनिक उपकरण भएका बाबजुद पनि कर्मचारी अभावका कारण प्रयोगशाला निष्क्रिय रहेको जानकारी दिए ।
Facebook Comments