Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

नवलपरासी पूर्वमा ८६ सहिद परिवारलाइ सम्मान

User Image Mayorsap | २०८१ फागुन १५ गते ०५:५३
Image of storage/news/1740721990.PNG

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा द्वन्द्वकालमा ज्यान गुमाएका ८६ जना सहिदका परिवारलाई सम्मान गरिएको छ ।


द्वन्द्वपीडित महिला सञ्जालले २०५२ साल फागुन १५ गते जिल्लामा पहिलो सहिद भएको सम्झनामा यहाँका ८६ जना सहिदका परिवारलाई सम्मान गरेको हो । सञ्जालकी अध्यक्ष पार्वती सिग्देलका अनुसार जिल्लामा १०३ जना सहिदका परिवार रहेका भए तापनि सम्पर्कमा आएका ८६ जनाका परिवारलाई सम्मान गरिएका हो ।
 

जिल्लामा सहिद, बेपत्तालगायत विभिन्न किसिमका यातना भोगेका सूचीकृत परिवारका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी दिँदै उनले भने, “यस वर्ष १२ जना बालबालिका सहिद परिवारबाट थपिएका छन्, उनीहरूलाई आगामी आर्थिक वर्षलेखि छात्रवृत्तिको व्यवस्था गरिनेछ ।”


Facebook Comments