पूर्व राजाको सुरक्षाकर्मीको टिम नै परिवर्तन, संख्या पनि घटाइयो


काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल (एपीएफ) को टिम नै परिवर्तन गरेको छ । डीएसपी जगदिश हमाल नेतृत्वको सुरक्षा टिमलाई फिर्ता बोलाएर डीएसपी प्रमोद पाठकको नेतृत्वमा नयाँ टिम खटाएको छ ।
यसअघि पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासमा एपीएफको २५ जनाको टोली खटिँदै आएको थियो। उक्त संख्या घटाएर अहिले १६ जनाको टोली मात्र पठाएको छ। भिभिआइपीलाई दिने सुरक्षा नीति अनुसार १६ जना सुरक्षाकर्मी खटाइन्छ। तर निर्मल निवासमा २५ जना खटिँदै आएका थिए। अब भने नीति अनुसारै १६ जना खटाइएको स्रोतले जनाएको छ।
Facebook Comments