Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ उल्लेख गर्न निर्देशन

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत ३० गते १०:३०
Image of storage/news/1744605939.jpg

ढाका । बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ खण्ड पुनर्स्थापित गर्न निर्देशन जारी गरिएको छ । ​​​​​​​बंगलादेशका गृह मन्त्रालयका उपसचिव निलिमा अफरोजले हस्ताक्षर गरेको सूचनामा सो जानकारी दिइएको हो ।

 

अधिसूचनामा यस्तो लेखिएको छ, ‘माथिको कुरालाई ध्यानमा राख्दै, तपाइँलाई पहिले अभ्यास गरिए जस्तै, उचित प्रक्रिया पछ्याउँदै, बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ खण्ड पुनर्स्थापित गर्न आवश्यक कदम चाल्न अनुरोध गरिन्छ।’

 

‘यो राहदानी इजरायल बाहेक विश्वका सबै देशका लागि मान्य छ’ भन्ने वाक्यांश पहिले बंगलादेशी राहदानीहरूमा छापिँदै आएको थियो । तर, अन्तर्राष्ट्रिय राहदानी ढाँचाको मापदण्डहरूको पालना गर्दै अवामी लीगको सरकारको कार्यकालमा भने सच्याएर २०२१ मा ‘इजरायल बाहेक’ शब्दहरू हटाइएको थियो । तर, अहिले फेरि बंगलादेशी राहादानीमा ‘इजरायलबाहेक’ भन्ने वाक्यांश थप्न निर्देशन दिइएको हो । 
 


Facebook Comments