Loading...
Ad Image

गृहमन्त्रालयले गर्‍यो ६ सहसचिवको सरुवा, ४ जिल्लाका सीडीओ फेरिए

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/home-ministry.jpg

काठमाडौं । गृह मन्त्रालयले ६ जना सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मन्त्रस्तरीय निर्णय गर्दै ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ६ सहसचिवको सरुवा गरेका हुन् ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसा प्रकरणमा विवादमा तानिएका गृहमन्त्री लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै धमाधम कर्मचारी सरुवा गरिरहेका छन् । यसअघि अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीको पनि रातारात सरुवा गरेका थिए । गृहमन्त्रालयले बर्दिया, कास्की, धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । साथै अन्य थप दुई सहसचिवको पनि सरुवा भएको छ । 

 बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्कीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत भरतमणि पाण्डेलाई मन्त्रालय तानिएको छ ।मन्त्रालयको बरण्डामा रहेका सहसचिव सुरेन्द्र पौडेललाई भने बर्दियाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई मन्त्रालयमा तानेर मन्त्रालयको बरण्डामा रहेका शंकरहरि आचार्यलाई धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।यस्तै पाँचथरको रिक्त रहेको प्रमुख जिल्ला अधिकारीमा सहसचिव अरुण पोखरेललाई पठाइएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई भने यस अघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिइसकिएको छ ।