Ad Image

अछाममा जङ्गली च्याउँ खादा तीन जना बालबालिका बिरामी

User Image मेयरसाप डेस्क | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/chyau.jpg

अछाम । अछाममा जङ्गली च्याउँ खाँदा तीन जना बिरामी परेका छन् । आफ्नो घर नजिकै रहेको जङ्गलमा खेल्ने क्रममा आज विषालु च्याउ खाएपछि रामारोशन गाउँपालिकाका तीन जना बिरामी परेका हुन् ।

रामारोशन–७ सुतार निवासी तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी बिरामी परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले  तीनै जनाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको बताए।