प्रतिनिधिसभा बैठकअघि विपक्षी दलको बैठक बस्दै


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेका बेला विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन् ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन । यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध हुँदै आएको छ । जेठ १५ गते विपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिएनन् । त्यसयता बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन ।