Ad Image

इरानमा कुकुरलाई पार्क र सडकमा हिँडाउन प्रतिबन्ध

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dog.jpg

तेहरान । इरानका २० शहरमा पार्क वा सडकमा कुकुर लिएर हिँड्न प्रतिबन्ध लगाइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सरकारले जनताको स्वास्थ्य, समाजमा शान्ति र सुरक्षाका लागि यो कदम चालेको जनाएको छ । यो प्रतिबन्ध जुन ६ गतेदेखि लागू भएको छ ।

एक स्थानीय अधिकारीले यो नियम पालना नगर्नेलाई कानुनी कारवाही गरिने बताएका छन् । यसअघि सन् २०१९ मा तेहरानमा पनि यस्तो नियम लागू भएको थियो। अब यो इस्फाहान र केरमान जस्ता ठूला शहरहरूमा पनि लागू भएको छ।

इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै कुकुर पाल्ने र सार्वजनिक स्थानमा हिँड्ने विषय विवादको विषय बनेको छ। केही अधिकारीहरूले कुकुर पाल्ने बानी पश्चिमी संस्कृतिको हिस्सा भएको र इरानी संस्कृतिका लागि खतरा मानिएको विश्वास गर्छन् । त्यसैगरी धेरै धार्मिक नेताहरू विश्वास गर्छन् कि कुकुरलाई छुनु  धार्मिक रूपमा फोहोर कार्य हो । 

इरानका सर्वोच्च धार्मिक नेता अयातोल्लाह खामेनीले २०१७ मा भनेका थिए कि कुकुरहरू गोठालो, सिकारी वा संरक्षणको लागि मात्र पाल्नु ठीक छ, अन्य प्रयोजनका लागि गलत छ । तर, यी विषयमा कुनै कडा कानुन भने छैन, जसले कुकुर पाल्न पूर्ण रूपमा रोक्छ। तर धेरै पटक स्थानीय अधिकारीहरूले कुकुरहरूलाई पार्कमा लैजान वा सवारी साधनमा लैजान प्रतिबन्ध लगाएका छन्।