Ad Image

हात्ती लखेट्न लगाइएको विद्युतीय तारबाट करेन्ट लागेर मृ*त्यु

User Image मेयरसाप डेस्क | ४ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/cureant.jpeg

झापा । कचनकवल गाउँपालिका–७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै बारीमा लगाइएको विद्युतीय तारको करेन्टबाट ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको हो । 

हात्तीबाट अन्नबाली जोगाउन खनाल आफैँले बारीको वरिपरि विद्युतीय तारबारले घेरबार गरेका थिए । आज बिहान बाख्रा चराउन जाँदा उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले बताए।