Ad Image

भारतलाई चिढ्याउने गरी पाकिस्तानी सेना प्रमुखलाई अमेरिका बोलाएर किन सम्मान गर्दैछन् ट्रम्प ?

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/asim-munir.jpg

इस्लामवाद । पाकिस्तानी सेना प्रमुख असिम मुनिर अमेरिका भ्रमणमा निस्केका छन् । आज शनिबार अर्थात जुन १४ मा वासिङ्टन डिसीमा अमेरिकी सेनाको २५० औं वार्षिकोत्सवको समारोहमा उनी विशेष अतिथिका रूपमा सहभागी हुँदैछन् । आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ७९ औं जन्मदिन पनि हो । यस अवसरमा राजधानी वासिङ्टनमा परेडको आयोजना गरिँदैछ ।

मुनिरको पहिलो अमेरिका भ्रमण २०२३ मा भएको थियो । त्यतिबेला उनले तत्कालीन अमेरिकी रक्षा सचिव लोयड अस्टिन, तत्कालीन विदेश सचिव एन्टोनी ब्लिन्केन र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका थिए।

तर, मुनिरको भ्रमणअघि नै पाकिस्तानमा भने विरोध सुरु भएको छ । पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक ए इन्साफ ९पीटीआई०ले यो भ्रमणका क्रममा विरोध गर्ने चेतावनी दिएको छ। पीटीआईका विदेश मामिला सचिव सज्जाद बुर्कीले शनिबार वासिङ्टनस्थित पाकिस्तानी दूतावास बाहिर प्रदर्शन गर्न अपील गरेका छन्। उनले पाकिस्तानका जनताले यो सरकारसँग कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका छन् ।  

मुनीरको भ्रमण अघि पाकिस्तानका सम्बन्धमा अमेरिकाको बोलीमा पनि परिवर्तन आएको देखिन्छ । अमेरिकाको सेन्ट्रल कमाण्डका प्रमुख जनरल माइकल कुरिल्लाले अमेरिकाले भारत र पाकिस्तान दुवैसँग सम्बन्ध कायम राख्नुपर्ने बताएका छन् ।

उनले इस्लामिक स्टेट खोरासान (आईएसआई–के) को खतरासँग लड्न पाकिस्तानी सेना आवश्यक रहेको बताए। मंगलबार संसदको सशस्त्र सेवा समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।जनरल कुरिल्लाले आतंकवाद विरुद्धको लडाईमा पाकिस्तान बलियो सहयोगी भएकोसमेत बताएका छन् । उनले भने– ‘अमेरिकाले पाकिस्तान र भारत दुवैसँग सम्बन्ध कायम राख्नुपर्छ ।