Ad Image

प्रतिनिधिसभा बैठकः आज पानी जहाज विधेयक टेबुल गरिने

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/parliament.jpg

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ ।  संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ः०० बजे बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभाबाट उत्पति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूचीमा राखिएको छ।