Ad Image

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाइलटसहित ५ जनाको मृत्यु

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/helicoptor.jpg

काठमाडौं । भारतको उत्तराखण्डको केदारनाथ धाममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको हेलिकप्टर दुर्घटनामा पाइलटसहित ५ जनाको मृत्यु भएको छ ।  
केदारनाथ मन्दिर दर्शन गरेर फर्किँदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु थिए ।

दुर्घटनास्थलमा खोज तथा उद्धार टोली परिचालित भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान छ । दुर्घटना भएको हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो ।